धरानमा डेङ्गी नियन्त्रणका लागि विद्यालय बन्द
काठमाडाैं | साउन १७, २०८०
काठमाण्डौ: डेङ्गी नियन्त्रणका लागि सुनसरीको धरान उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले मंगलवार यस्तो निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गी नियन्त्रण अभियान चलाउने निर्णय गरेको जानकारी दिनुभयो । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गी नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन पनि अनुरोध गरेको छ ।
डेङ्गी फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनुभयो । वडा समिति कार्यालयले आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण हुने नदेखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताउनुभयो ।
धरानमा डेङ्गीबाट जेठ तेस्रो हप्तायता एक बालिकासहित आठ जनाको ज्यान गइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आदिमा डेङ्गीका बिरामीले शय्या पाउन अहिले मुश्किल भएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

